Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

५० लाख धरौटी लिएर रिहा गर्न आदेश

फाइल तस्बिर

काठमाडौं  :  विशेष अदालतले तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग ५० लाख रूपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । सोमबार विशेष अदालतका सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मा निर्दोष हुन्न सकिने अवस्था नभए पनि उनीबाट प्रमाण नष्ट हुने अवस्था नदेखिएकाले धरौटी लिएर रिहा गर्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उनीहरूले कर फर्छ्यौट आयोग रहँदा व्यवसायीहरुलाई जथाभावी छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको दावी अख्तियारले गरेको थियो । विशेष अदालतको आदेशसँगै शर्माले धरौटी तिरेर रिहा हुने तयारी गरेका छन् ।