Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

निजामति कर्मचारी संगठनले बझुायो ज्ञापनपत्र


दैलेख  :  नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यासमिति दैलेखले निजामती कर्मचारी संगठनको केन्द्रिय कार्यालयमा गरिएको तालाबन्दी तत्काल खोल्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

आइतवार नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य गोबिन्द अधिकारी, संगठनका जिल्ला उपाध्यक्ष पुर्ण बहादुर थापा र आधिकारिक ट्रेडयुनियन दैलेखका सचिव महेन्द्र प्रसाद न्यौपाने लगायतका कर्मचारी जिल्ला प्रशासन पुगेर साहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको हो ।

संगठनमा देखिएको सामान्य विबादलाई समधान उन्मुख भएको बेला संगठनको हित नचाहने अराजक झुण्डले संगठनको ब्यानर च्यात्ने,झण्डा च्यात्ने,ढुगामुडा गर्ने र जत्ता अपराधिक क्रियाकलाप गर्नेलाई प्रसय गर्ने र संगठनका जिम्मेवार नेताहरुलाई गिरफ्तार गर्ने कार्यको खेद प्रकट गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै साहयक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद देबेकाटाले संगठनले बुझाएको ज्ञापनपत्र आजै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृह मन्त्रालयमा पठाउने बताए ।
नेपाल निजामति कर्मचारी संगठनका केन्द्रिय सदस्य गोबन्दि अधिकारीले संगठनको केन्द्रिय कार्यालयमा सरकारी पक्ष बाट गरिएको तालाबन्दी तत्काल खोली संगठनको दशौँ राष्ट्रिय महाधिबेशन बाट निर्वाचित पदाधिकारी र सदस्यलाई सहज रुपमा काम गर्ने वातावरण सिर्जना गर्न माग गरेका छन ।

उनले संगठनले आग्रह गरेको कुरालाई सुनुवाई नगरे संगठन जस्तो सुकै आन्दोन गर्न तयार हुने र त्यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताए ।