Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

बलात्कार मुद्धामा पीडक र पीडित दुबैलाई सजाय


दैलेख  :  बलात्कार मुद्धामा जिल्ला अदालत दैलेखले पीडीत पक्ष र पीडक पक्ष दुबैलाई सजाय सुनाएको छ ।  न्यायधिस दण्डवाणी लामिछानेको एकल इजलासले बिहीबार पीडकलाई १० वर्ष कैद र पीडकलाई उन्मुक्ति दिन वयान फेर्ने पिडित पक्षलाई समेत पाँच हजार जरिवाना हुने फैसला सुनाएको हो ।

पीडितले प्रहरीमा दिएको जाहेरी विपरित वयान फेरेपछि अदालतले पिडित पक्षलार्ई समेत सजायको फैसला गरेको हो । बलात्कारमा दोषी ठहरिएका दुल्लु नगरपालिका–८ का ६१ वर्षीय नन्दाराम भण्डारी र बयान फेर्ने बलात्कृत बालिकाकी आमालाइ जरिवाना गरेको हो ।

अदालतले १७ वर्षीया बालिकालाई झारफुक गर्ने बहानामा बलात्कार गरेको कसूरमा पीडक भण्डारीलाई १० वर्ष कैद सजाय सुनाएको छ । आरोपित भण्डारी जोगाउन बलात्कार भएको होइन भनी वकपत्र गर्नुभएकी पीडित बालिकाकी आमालाई पाँच हजार रुपैयाँ जरिवाना समेत फैसला सुनाइएको अदालतका सुचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिए ।

उनले उजुरी गर्दा ५ हप्ताको गर्भ रहेको बताएको र कानून अनुसार अस्पतालमा गर्भपतन गराएको प्रमाण छदाँछँदै आरोपित पक्षलाई जोगाउन उजुरीमा उल्लेखित ब्यहोरा विपरित वकपत्र गर्ने पीडित पक्षलाई समेत सजाय भएको बताए । २०७७ वैशाख १० गते झारफुक गर्ने बहानामा आफ्नै घरमा बोलाएर भण्डारीले बालिकालाई बलात्कार गरेका थिए ।

घटना लगत्तै पीडित पक्षले २०७७ जेठ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले भण्डारीलाई सोही दिन पक्राउ गरेको थियो । अदालतले थुनछेक वहसपछि भण्डारीलाई पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा पठाएको थियो ।

अधिबक्ता दिर्घराज अधिकारीले राज्यको साधन श्रोत र जनशक्तिको खर्च गराएर कानूनी प्रक्रियामा रहेका मुद्दाहरुमा प्रलोभन, डर, धाक र दवावमा मुद्दा होस्टाइल गराउने खराब प्रचलन बसेको बेला अदालत बाट आएको फैसलाले आम नागरिकमा सचेतना जगाउँने काम गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख अनुपम श्रेष्ठले पहिला सहमती हुने वा जवरजस्तीकरण गरी बलात्कार गर्ने पछि आर्थिक लेनदेनमा बयान समेत फेर्न प्रचलन बढ्दै गएको बेला अदालत बाट आएको फैसालाले समाजमा सकरात्मक सन्देश दिएको बताए ।