Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

७९० जना सङ्क्रमित थपिए एक हजार ३७१ डिस्चार्ज

काठमाडौं  :  पछिल्लो २४ घण्टामा नेपालमा ७९० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आरटीपीसीआर परीक्षण गरिएकोमा ७९० जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार ३७१ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार ८७ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । साथै पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार ७२५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सक्रिय सङ्क्रमित १९ हजार ७०० जना छन् ।

error: Content is protected !!