Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं  :  सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको भन्दै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर घिसिङलाई नियुक्त गर्ने निर्णय अवैधानिक भएकाले पुनर्वहालीको आदेशसमेत माग गरेका थिए । यसअघि भदौ ८ गते राणाकै इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गर्दै नियुक्तिसम्बन्धी कागजात झिकाउने आदेश गरेको थियो ।
आदेशसँगै घिसिङलाई कार्यकारी निर्देशकका रुपमा काम जारी राख्न बाटो खुलेको छ ।