Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दैलेखमा सुरु भयो सफाई अभियान

दैलेख  : राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने नाराका साथ मंगलवार दैलेख सरसफाइ अभियानको गरिएकोे छ । पूर्व मन्त्री स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाहीले सरसफाई अभियानको सुरुवात गरेकी हुन । राज्यमन्त्री कुन्ती कुमारी शाहीले बाग्मती सरसफाई महाअभियानको प्रेरणाबाट दैलेखमा पनि सरसफाई संचालन गर्न आवश्यक देखेर यो अभियानको सुरुवात गरेको बताइन ।

उनले हाम्रो दैलेख र राम्रो दैलेखको पहिचान दिन हरेक ब्यक्तीले सबैभन्दा पहिला सफाइमा ध्यान दिन आवश्यक रहेको बताइन ।उनले भन्नि अब दैलेखलाई सफा सुन्दर बनाउने जिम्मेवारी हाम्रो रहेको छ ।

दैलेख सफाइ अभियान स्थानिय गणेश स्थानबाट शुभारम्भ भै सफाइ अभियान सहित् जनचेतनामुलक अभियान गर्दै स्थानिय देवकोटा चोकमा पुगेर समापन गरिएको थियो ।

अभियन्ताहरुले आफ्नो पसल अगाडि अनिवार्य ड्स्टबीन राख्न र आफ्नो आगन आँफै सफा राख्न अपिल समेत गर्नुभएको थियो । अभियान १५÷१५ दिनमा दैलेख सफाइ अभियान संचालन गर्ने कार्यक्रम सयोजक योगेन्द्र सिग्देलले बताए ।

उनले नगरपालिकाले फोहोर व्यवस्थन गरिरहेको भएपनि त्यसलाई अझै ब्यबस्थापिन गर्न यो अभियानले सहयोग पुग्ने विश्वास लिएको बताए ।