Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

भौतिक उपस्थितिमा सुरु भयो कक्षा १२ को परीक्षा

दैलेख  :  कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितीमा संचालन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि गर्ने निर्णय अनुसार आफ्नै विद्यालयमा परीक्षाकेन्द्र राखेर परीक्षा संचालन भएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षा दिने परीक्षार्थीलाई खोप लगाउन सरकारले व्यवस्था गरेपछि परीक्षा सञ्चालन गरिएको बताइएको छ ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
। आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।