Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

भारतीय निजी कम्पनीको रेल पहिलोपटक कन्टेनर बोकेर नेपालमा

काठमाडौं  :  करिब दुई महिनाअघि नेपाल र भारतबीच भएको रेल्वे सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा सामान ढुवानी शुरू गरेको छ । अहिलेसम्म भारतको सरकारी कम्पनीले मात्रै सामान ओसार्दै आएकोमा आज पहिलोपटक निजी कम्पनीको रेल वीरगञ्जको सुख्खा बन्दरगाहमा भित्रियो ।

भारतको हिन्द टर्मिनल कम्पनीको रेल आज बिहान १० बजे पहिलोपटक ९० कन्टेनर मालवस्तु बोकेर सुख्खा बन्दरगाह आएको हो । यससँगै सुख्खा बन्दरगाहमा भारतीय सरकारी कम्पनीको एकाधिकार तोडिएको छ ।

नेपाल र भारत बीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । त्यसपछि अहिलेसम्म सरकारी रेलले नै सामान ल्याउने गरेकोमा अब निजीले सेवा दिन थालेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भारतीय निजी रेल कम्पनीले वीरगञ्जको सुख्खा बन्दगाहसम्म सामान ढुवानी आजदेखि शुरू गरेको बताए ।
साभार नेपाली प्रेस