Loading... आजः सोमवार, अशोज २१, २०८१
Trending

राष्ट्रिय बाल दिवसमा मावि स्तरीय वतृत्वकलला प्रतियोगिता


दैलेख :  सामान्य अवस्था वा कोभिड महामारी, बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी भन्ने मुल नाराका साथ दैलेखमा ५७ औँ राष्ट्रिय  बाल दिवसको अवसरमा माद्यामिक स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । सेतो गुराँस,सामाजिक सेवा केन्द्र सोसेक, सामाजिक विकास कार्यालयको समन्वय र नारायण नगरपालिकाको आयोजनामा उक्त बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

माध्यामिक स्तरीय वक्तृत्वकला कार्यक्रममा रैनादेवी माध्यामिक विद्यालय टाटामाखुमा कक्षा १० कि छात्रा सुस्मिता मल्ल प्रथम भएकी छिन । बसन्त माध्यामिक विद्यालयकी छात्रा निशा रावल द्धितिय,रेडक्र माध्यामिक विद्यालयका मनिशा न्यौपाने तृतिय भएकी छिन ।

नारायण नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख हिमालयजंग शाहाले नारायण नगरपालिकामा रहेका ९ वटा माध्यामिक विद्यालय मध्ये ६ वटा विद्यालय मात्र बक्तृत्वकला प्रतियोगितामा सहभागी भएको बताए । उनले सरस्वती माध्यामिक विद्यालय तर्ताङ,जनता माध्यामिक विद्यालय कोटथाप्ला,त्रिभुवन उच्च माध्यामिक विद्यालय सान्तवनाका छात्रा सान्तावना पुरस्कार पाएको बताए ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर बुढाले बालबालिकामा भएको क्षमता प्रस्फुटन गर्न यस्ता बक्तृत्वकला प्रतियोगिताहरुको आयोजना गर्नु पर्ने बताए । उनले बाल दिवस,बालअधिकारका बारेमा बालबालिकालाई बुझाउँन सकिएको खण्डमा बाल दुब्र्यवहारका घटनामा समेत कमी आउँने बताए ।