Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

असोज ४ गतेसम्म प्रतिनिधसभाको बैठक स्थगित

काठमाडौं  :  प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोध र नाराबाजीकै बीच सुरु भएको आजको बैठकमा विनियोजन विधेयक २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेपछि बैठक ४ असोजसम्मका लागि स्थगित भएको हो।

आज पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले वेल घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए। सभामुखले त्यसबारे कुनै सुनुवाई नगरी बैठक अघि बढाएका हुन्।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद प्रेम सुवालले मात्रै लिए । संशोधनसहितको बजेट पास हुनै बाँकी छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले सांसदहरुले निरन्तर संसदमा अवरोध गर्दै आइरहेका छन्।

error: Content is protected !!