Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

ओमानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल


काठमाडौँ  : आईसिसी वर्ल्ड कप लिग२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत घरेलु टोलीविरुद्ध केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ।

यसअघि पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ५ खेलबाट ६ अंक भएको नेपाल छैटौँ स्थानमा छ। १० खेलबाट १४ अंक भएको ओमान शीर्षस्थानमा छ।