Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत


काठमाडौं  :  प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नाराबाजी र अवरोध गरिरहेकैबेला आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ बहुमतले स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो अध्यादेश बैठकमा प्रस्तुत गर्नुभएपछि सभामुख अग्नीप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्नुभएपछि बहुमतले स्वीकृत भएको हो ।

बैठकमा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई प्रस्ताव राख्न आग्रह गरे । नेमकिपा सांसद सुवालले एमसीसी सम्झौताबारेमा धारणा राख्नुहुँदै एमसीसी पारित गर्न देशको अहितमा रहेको बताए । अवरोधकैबीच प्रस्ताव राख्न समस्या भएको भन्दै सांसद सुवालले अवरोधको समस्या समाधान गरी बैठक अघि बढाउन आग्रह गरे ।