Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

२० प्रतिशत जनप्रतिनिधिले रोज एकिकृत समाजबादी

दैलेख  :  राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै स्थानीय तहमा पार्टी रोज्न पाउने अवधी सकिँदा दैलेखमा नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने निर्वाचित जनप्रतिनिधिको संख्या मुस्किलले २० प्रतिशत पुगेको छ ।

११ स्थानीय तह र जिल्ला समन्वय समितिमा निर्वाचित जनप्रतिनिधिको कुल संख्या ३ सय १५ रहेकोमा मंगलबार बेलुकी ५ बजेसम्म ६२ जना निर्वाचित जनप्रतिनिधिले मात्र एकीकृत समाजवादीमा रोजेर सनाखत गरेका हुन् । त्यसमध्ये स्थानीय तहको निर्वाचनमा एमालेले टिक नदिएको भन्दै स्वतन्त्र लडेर निर्वाचित हुनुभएका जिल्लाको भगवतिमाई गाउँपालिका ६ का वडा अध्यक्ष बिरशंकर रोकायले एकिकृत समाजबादी पार्टीमा सनाखत गरेका छन र दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र २ का अधिकांश निर्वाचित जनप्रतिनिधि नेकपा एमालेमै रहेका छन् ।

यस अघि माधव नेपाल पक्षमा खुलेका चामुण्डाबिन्द्रासैनीका नगर प्रमुख सुर्य बहादुर शाही,उप प्रमुख तारा कुमारी शाही खत्री भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढा उपाध्यक्ष पदमा कुमारी बिष्ट एमालेमै बसेपछि निर्वाचित समाजबादीमा लाग्ने संख्यामा कमी भएको छ ।
एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिमा निर्वाचन क्षेत्र १ अन्तर्गत महावु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाही र उपाध्यक्ष प्रेमकुमारी बुढा र नारायण नगरपालिकाका उप प्रमुख सावित्री मल्ल ,दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा रहेका छन । निर्वाचन क्षेत्र नः २ अन्तर्गत ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहले पनि समाजवादीमा सनाखत गरेकी छिन ।

निर्वाचित वडाध्यक्षमा निर्वाचन क्षेत्र १ अन्तर्गत महावु गाउँपालिका वडा नं ४ का देवबहादुर शाही, वडा नं ५ का जगत हमाल, ६ का डम्बर बहादुर थापा छन्। भगवतीमाई गाउँपालिकाबाट वडा नं २ कर्णबहादुर शाही, ४ का कृष्णबहादुर थापा, ५ का कृष्णबहादुर शाही, ६ का वीरशंकर रोकाए छन्। रोकाय स्वतन्त्र थिए ।

नौमूले गाउँपालिका वडा नं ४ का गजबहादुर ढेंगा र नारायण नगरपालिका वडा नं १ का तीर्थनारायण श्रेष्ठले समाजवादी रोजेका छन् । निर्वाचन क्षेत्र नः २ अन्तर्गत दुल्लु नगरपालिका वडा नं ९ का रणबहादुर बोहोराले मात्र समाजवादी रोजेका हुन ।

जिल्ला समन्वय समितिका २ जना सदस्यले पनि एकीकृत समाजवादी पार्टी रोजेको र अन्य वडाका सदस्यसमेत गरेर कुल ६३ जनाले समाजवादी रोजेकोमध्ये भैरवी गाउँपालिका वडा नं ५ का वडा सदस्य विष्णुप्रसाद जैसीले समर्थन फिर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखका निमित्त जिल्ला निर्वाचन अधिकृत तीर्थ सुवेदीले जानकारी दिए । उनले नेकपा एमालले स्थानीय तहको निर्वाचनमा तीन सय १५ स्थानमा बिजय प्राप्त गरेको मध्ये ६२ जनाले समाजबादीमा सनाखत गरे संगै समाजबादीमा लाग्नेको जनप्रतिनिधिको संख्या २० प्रतिशत पुगेको हो ।

राजनैतिक दल रोज्ने अधिकारअन्तर्गत आफ्नो निर्वाचित प्रमाणपत्र र नागरिकतासहित स्वयं व्यक्ति उपस्थित हुनुपर्ने आयोगको प्रावधान रहेको भएपनि भौतिक रुपमा उपस्थित नभएका दुई जना जनप्रतिनिधिको सनाखत गरिएको भन्दै नेकपा एमाले दैलेखले विरोध जनाएको छ। दिउँसो ३ बजे व्यक्ति आउँदैछन् भनेर एकीकृत समाजवादीका नेताले दुई जना जनप्रतिनिधिको विवरण पेश गरेका थिए तर, साँझ ५ बजेसम्म समय तोकिएको भएपनि ५ बजे ३० मिनेटपछि व्यक्ति उपस्थित भएकाले विवाद उत्पन्न भएको हो ।

आयोगले तोकेको मापदण्डविपरीत एकीकृत समाजवादीका नेताले हैकम देखाएको र नियमविपरीत काम गरेकोमा विरोध गर्दै एमाले दैलेखले नीति र नियमविपरीत नजान र समय सकिएपछि सनाखत गर्न आएका प्रतिनिधिलाई मान्यता नदिन निर्वाचन कार्यालय दैलेखको ध्यानाकर्षण गराएको छ ।