Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

बागमतीमा मन्त्रिपरिषद् विस्तार

हेटौंडा  :  बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । बुधबार उनले ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवगठित मन्त्रिपरिषद्मा केशव राज पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् भने डा अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुबेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मवारी दिइएको छ। त्यसैगरी प्रदिप कटुवाललाई स्वास्थ्य, चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै ४ राज्यमन्त्रीमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्रि मैनालीलाई नियुक्त गरिएको छ।

उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

२ भदौमा मुख्यमन्त्री बनेकी शाक्यले मन्त्रिपरिषद्लाई पूर्णता दिएकी थिइनन्। उनले २ भदौमा कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन्।