Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

१९ वर्षिय किशोरी वडा सभापतिमा निर्वाचित

दैलेख :  दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांँग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन । निर्वाचित हुनेमा दैलेख दुल्लु नगरपालिका ३ की १९ वर्षिया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा वडा सभापतिमा निर्वाचित भएकी हुन ।
नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेर गाउँ फर्किएकी स्वस्तीमाले आफ्नो बुवाको राजनैतिक अभिभारा पुरा गर्न राजनीतीमा होमिएको बताइन । उनले नेपाली काँग्रेसको जिल्ला उपसभापतिमा भएर राजनैतिकमा छुट्टै पहिचान बनाएका थिए । वुवाको सपना साकार पार्न पनि आफु राजनीतीमा आएको बताइन । उनले भनिन् बुवाले राजनीती मार्फत समाज रुपान्तरण गर्ने युवालाई उद्यमसिशलताको माध्यम बाट सम्मुनत नेपाल निर्माण गर्ने सोचलाई साकार पार्न आफु राजनीतीमा आएको बताइन । वडाले वडा सभापतिमा आफुलाई जिम्मेवारी दिन पार्टीकै विभिन्न जिम्मेवारी पदमा रहेका क्रियाशिल सदस्यले आफ्नो उम्मेर संग दाजेर राजनीती नगर्न आग्रह गरेपनि आफुले उहाँहरुलाई कन्भिन्स गरेको बताइन ।
उनले भन्नि मलाई बिहे गरे अन्तै जाने अनी बिहे गर्ने उम्मेर पनि भइसक्यो भनेर वडा सभापति हुन नदिन उहाँहरुले लाग्नुभएको थियो आफुले बिहे नगरेर पनि राजनिति गर्छु भने पछि सबैले आफुलाई सहयोग गरेर सर्ब सम्मत वडा सभापति भएको बताइन ।
वडामा रहेको नेपाली काँग्रेसका क्रियाशिल सदस्यलाई विस्वास दिलाएर आफुले राजनैतिक संग आफ्नो पेशालाई निरन्तर रुपमा अगाडी बढाउने सोचमा आफु अगाडी बढेको बताइन । नेपाली काँग्रेस दैलेखका पार्टी सभापति कृष्ण कुमार बिसीले नेपाली काँग्रेसको १४ औ महाधिबेशनका लागि ११ स्थानीय तह बाट उल्लेख्यमात्रामा सहभागिता रहेको बताए । उनले भने युवाहरुको जोस जाँगरलाई पार्टी निर्माणमा लगाएर दैलेखमा पहिलोे पार्टी बनाउँन आफुहरु लाग्ने बताए । अहिले हरेक वडामा १५ देखी ३० जना सम्म क्षेत्रिय प्रतिनिधी आएको र त्यसमा ७ देखी १० जना युवा पनि आउनु भएको छ यो हाम्रा लागी अवसर हो त्यसलाई सदुपयोग गर्छौँ ।
उनले भने ९० वडा मध्ये ६५ वडा वडामा महाधिबेशन सकिएको र अन्य वडामा पनि सहमतिको प्रयास भइरहेको बताए । यो महाधिबेशन अन्त्यन्तै सहर्वाद्ध रुपमा अगाडी बढेको छ ६५ वडामा सर्वसम्मत भयो अन्य वडामा पनि सहमती खोजी भइरहेको छ नेपाली काँग्रेसको इतिहासमा पहिलो पटक यस्तो भएको बताए ।