Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

२५ जना जनप्रतिनिधीले गरे समाजबादी पार्टीमा सनाखत

फोटो साभार नेपाल प्रेस

दैलेख  :  दैलेखका स्थानीय तहका जनप्रतिनिधिले नव गठित (एकिकृत समाजबादी) पार्टी रोज्न सुरु गरेका छन । नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न थालेका हुन् ।

शुक्रवार महावु गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्य र वडामा अन्य सदस्यहरुले जिल्ला निर्वाचन कार्यालयमा पुगेर समाजबादी पार्टीको पक्षमा सनाखत गरेका हुन । जिल्ला निर्वाचन कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिर्थ सुबेदीले जानकारी दिए अनुसार २५ जना जनप्रतिनिधीले सनाखत गरेको बताए । उनले ११ स्थानीय तह मध्ये दुल्लु नगरपालिकाका वडा अध्यक्ष,नारायण नगरपालिकाका वडा अध्यक्ष,भगवतिमाई गाउँपालिकाका वडा अध्यक्षले सनाखत गरेको बताउनुभयो । उहाँले भन्नुभयो निर्वाचन आयोगले सनाखत गर्ने जनप्रतिनिधिको नाम सार्वजनिक नगर्न निर्देशन गरे अनुसार आफुहरुले २२ गते पछि मात्र सुचना टाँस गरेर जानकारी गराइने बताए ।
११ वटा स्थानीय तह रहेको दैलेखमा दुई अध्यक्ष,दुई जना उपप्रमुख, नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुल्नुभएको छ । समाजवादीमा खुल्ने मध्येमा नारायण नगरपालिकाका उप प्रमुख सावीत्री मल्ल ,चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह,भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका थिए ।
माधव समूहकै नेतामा रुमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सुर्य बहादुर शाही, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढा नेकपा एमालेमै रहेको बताउनुभएको छ । बुधवार नेकपा एमालेको अगुवा कार्यकर्ता भेलामा सहभागी भएर आफ्नो मन्तब्य राखेका थिए ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री समेत रहेका भएका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाका अहिले प्रत्येक स्थानीय तहमा पुगेर जनप्रतिनिधीलाई समाजबादी पार्टीमा ल्याउन लागि परेका छन ।

१७ गते दैलेख पुग्नुभएका मन्त्री थापाले ११ स्थानीय तहकै जनप्रतिनिधिलाई फोन तथा प्रत्यक्ष भेटेर पार्टीमा लाग्न आग्रह गरिरहेको स्रोतले जानकारी दिएको छ । मन्त्री थापा शुक्रवार भने भगवतिमाई गाउँपालिकामा रहेको जनप्रतिनिधिलाई भेट्न बेस्तडा पुगेको त्यहाका स्थानीयले बताएका छन । एकिकृत समाज बादीका नेताहरुले भने २२ गते सम्म धेरै जनप्रतिनिधि आफ्नो पार्टीको पक्षमा खुल्ने बताएका छन ।