Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

वडापालिका स्तरीय समन्वय बैठक सम्पन्न

दैलेख : गुराँस गाउँपालिका वडा नः ६ र ८ मा समन्वयत्मक बैठक सम्पन्न भएको छ । सयुक्त राष्ट्र संघीय विकास कार्यक्रम,गुराँस गाउँपालिका र महिला शसक्तिकरण मञ्च नेपालको साझेदारीमा संचालित कोभिड १९ रेस्पोन्स एण्ड सोसियो इकोनोमि रिकभरी परियोजना २ को समन्वय बैठक सम्पन्न भएको हो ।

समन्वयत्मक बैठकमा गुराँस गाउँपालिका वडा नं ६ र ८ को वडा अध्यक्ष ,कार्यपालिका सदस्य, वडा सचिब, सामाजिक परिचालक र संस्था कर्मचारी विच समन्वय बैठक सम्पन्न गरिएको बताईएको छ । समन्वय बैठकमा महिला शसक्तिकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले कोरोना संङक्रमणका कारण रोजगारी गुमाएका ,कोरोना प्रभावित ,घरेलु हिंसा पीडीत फरक क्षमता भएका र एकल महिला तथा स्वदेशमै कृषि तथा पशु पालनमा लागेका कृषकलाई सहयोग गरेर उनीहरुको आर्य आर्जनमा समेत सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम संचालन हुन लागेको बताईन ।

गुराँस गाउँपालिका वडा न ः ६ का अध्यक्ष हिम बहादुर ओले कार्यक्रमलाई प्रभावकारी बनाउँन आफुहरु लागी पर्ने बताए । उनले कोरोना संङक्रमणका कारण प्रभावित भएका समुदायका लागि कार्यक्रम संचालन भएको भन्दै त्यसका लागि वडा कार्यालय गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

गुराँस गाउँपालिका वडा न ८ का वडा अध्यक्ष पुर्ण बहादुर ओलीले कार्यक्रम बाट किसानले आलुको विउ,कुखुरा,बाख्रा तथा प्राविधिक ज्ञान पाउने र उनीहरुेका जीवीको पार्जनमा सहयोग पुग्ने भएका कारण कार्यक्रम निकै समय सान्र्दभिक र जनता मुखी भएको बताए ।

महिला शसक्तिकरण मञ्च नेपालका कार्यकारी निर्देशक लक्ष्मी जिसीले गुराँस गाउँपालिका संचालीत भएको कार्यक्रम बाट ८१० जना लक्षित किसानहरुले प्रत्यक्ष रुपमा सहयोग बिउ तथा प्राविधिक ज्ञान सहजै पाउने बताइन ।