Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

रित्तियो आइसोलेसन अस्पताल

दैलेख  :  कोरोना संक्रमितको चाप घट्दै गएपछि जिल्लामा संचालन गरिएको आइसोलेसन अस्पताल खाली भएको छ । कोरोना परीक्षण र उपचारका लागि भर्ना हुन आउने संक्रमित बिरामीको चाप कम भएपछि आइसोलेसन अस्पताल खाली भएको हो । दोस्रो लहरमा कोरोना भाईरसको महामारी फैलिएपछि स्थानीय सरकारले कोभिड आइसोलेसन वार्ड सञ्चालन गरेका थिए ।

कोरोनाको पहिलो लहरमा कोरोनाको हटस्पटका रुपमा संङक्रमण बढेपछि नारायण नगरपालिका दैलेखले ५० शैय्याको कोरोना आइसोलेसन अस्पताल निर्माण गरेको थियो । प्रतिनिधि सभा सदस्य रबिन्द्रराज शर्माको पहलमा पीसिआर मेसिन खरिद र आइसोलेसन अस्पताल संचालन आएपछि सहज रुपमा कोरोना परीक्षण गरिएको थियो । जिल्लामा ११ स्थानीय तहले कोरोना संङक्रमणको पहिलो लहरमा कोभिड अस्पताल संचालन गरेपनि पछिल्लो समय जिल्ला स्वास्थ्य कार्यालय माहतत कोरोना आइसोलेसन अस्पताल मात्र संचालन गरिएको थियो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेख निमित्त कार्यालय प्रमुख थीर प्रसाद रेग्मीले मगलवार परीक्षण गरिएका कुनैमा पनि कोरोना संङक्रमण नदेखिएको बताए । उनले आइसोलेसन अस्पतालमा उपचाररत सबैको डिस्चार्ज भए संगै आइसोलेसन अस्पताल खाली भएको बताए ।
उनले भने अहिले जिल्लामा १९ जना संक्रिय संङक्रमित रहेका छन । सबै होम आइसोलेसनमा बस्नु भएको छ । जिल्लामा कुल संङक्रमितको सख्या तीन हजार ५२९ मध्ये तीन हजार ४८१ जनाको उपचार पछि डिस्चार्ज १९ जनाको मुत्यु भएको छ ।