सबै परीक्षा भदौ २८ गतेदेखि हुने
सुर्खेत : मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट नै ग्याभ भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको हो। यस्तै वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ २८ गतेदेखि असोज २० गतेसम्म परीक्षा लिने छ। जस अनुसार पहिलो दिन ९भदौ २८ गते विज्ञान तथा प्रविधि संकायका स्नातक तहका वीएसी र वीएसी सीएआइटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन ९असोज २० गते० शिक्षा शास्त्र संकायअन्तरगत वीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्। सेमेष्टर ग्याभ भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०स्३० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्न १२ बजेदेखि दिउँसो २स्३० बजेसम्म सञ्चालन हुनेछन्।