Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

माधव नेपालले एमालेलाई सिध्याउन खोजे : युवराज ज्ञवाली

सुर्खेत  :  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी विभाजन गरेर माधव नेपालले गल्ती गरेको बताएका छन् । सुर्खेतमा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष ज्ञवालीले अहिले नेपालले दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) बारे भोलि जनतालाई स्पष्ट पार्न उनलाई नै गाह्रो पर्ने बताए।

उनले नेपाललाई अर्को आरोप पनि लगाएका छन् । केपी ओलीसँग रहेर सहकार्य गर्ने मनस्थिति नेपालको नभएकाले विभाजनमा लागेको उल्लेख गर्दै ज्ञवालीले छुट्टै वाम मोर्चा बनाएर एमालेलाई सकाउन खोजेको ज्ञवालीले नेपाललाई आरोप लगाएका हुन् ।

हिजो भएका गल्ती कमजोरीलाई आधार बनाएर पार्टीलाई विभाजन गरिएको बताउँदै ज्ञवालीले सच्चिइसकेका हिजोका गल्तीलाई बिर्सिएर अगाडि बढ्न आग्रह गरे। यसअघि एमालेमा समूहगत विभाजन हुँदा माधवकुमार नेपाल समूहमा रहेर आफूहरूले गतिविधि गरे पनि पछि त्यसभित्रै भएको अन्तर्विरोधका कारण आफूहरू एमालेमै लागेको उनले बताए।