Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौँ :  कांग्रेस नेता गगन थापाले पार्टीको १४औं महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनले यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन,’ थापाले भने, मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’

कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।