Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

सोमबार २२ सय संक्रमित थपिए, १८ सय संक्रमणमुक्त

काठमाडौं  :  पछिल्लो २४ घण्टामा २२ सय ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १६ हजार २३३ वटा नमूना ९पीसीआर ११,८९२ र एन्टीजेन ४,३४१० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १६ जनाको मृत्यु भएको छ भने १८ सय ०८ जना निको भएका छन् । गत २४ घण्टामा ५ लाख ९७ हजार ५९८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा ३५ हजार ८७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित रहेका छन् भने १० हजार ७३० जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म आईसीयूमा ५६८ जना, भेन्टिलेटरमा १६० जना, होम आइसोलेशनमा ३३,३३३ जना, संस्थागत आइसोलेशनमा २,५४१ र क्वारेन्टाइनमा ३३८ जना रहेको तथ्यांकमा उल्लेख छ ।