Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सुर्खेत–नेपालगञ्ज बस सेवा बन्द


सुर्खेत  :  बाँकेमा रहेका यातायात व्यवासयीहरूले मनलाग्दी निर्णय लागू गरेपछि सुर्खेतबाट नेपालगन्ज जाने सबै सार्वजनिक यातायात बन्द गरिएको छ । सुर्खेतबाट नेपालगन्ज गएका यातायातलाई सुर्खेत छुटाउने विषयमा एकपक्षीय निर्णय बाँकेको यातायात व्यवसायीले गरेपछि सुर्खेत(नेपालगञ्ज यातायात सेवा बन्द गरिएको हो ।

नेपालगन्जबाट सुर्खेत आएका सवारी दैनिक दिउँसो १२ बजेपछि नेपालगन्जका लागि छुट्ने गरेका थिए भने सुर्खेतबाट गएका सवारीहरू सोहीअनुसार नेपालगन्जबाट सुर्खेतका लागि छुटाउने गरिएको थियो । बाँकेका यातायात व्यवसायीले एक पक्षिय निर्णय गर्दै सुर्खेतबाट गएका सवारीहरू साँझ ६ बजे छुटाउन नमिल्ने नियम बनाएपछि सार्वजनिक यातायात सेवा आज विहानदेखि बन्द गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रा।लि।का अध्यक्ष रमेश सापकोटाले नेपाली रैबारलाई जानकारी दिए ।

उनले जसरी नेपालगन्जदेखि सुर्खेत आएका सवारी छुटाउने गरिएको थियो त्यसैगरी नेपालगन्जबाट सुर्खेत आउने सवारी निर्वाध रूपमा चल्न पाउनु पर्ने बताए । ‘बाँकेका व्यवसायीले गरेको एकलौटी निर्णय नसच्याउदासम्म सुर्खेतबाट कुनै सवारी छुटाउदैनौं,’ सापकोटाले भने, ‘आज नेपालगन्जबाट सबै सवारी बसपार्कमा रोकेका छौं, साँझ ६ बजेपछि यात्रु हाल्न नदिएर नेपालगन्ज पठाउँछौं ।’ सापकोटाले शुक्रबारदेखि नेपालगन्जबाट सार्वजनिक सवारी आउन नदिने बताए । सुर्खेतका १२ ओटा यातायात प्रा।लि। छन् । यातायात बन्दहुँदा सुर्खेतबाट नेपालगन्ज जाने यात्रुहरू सुर्खेतमा अलपत्र परेका छन् । साभार नेपाली रैबार