Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

अर्काकै घरमा आश्रय लिएर बस्न बाध्य गैरागाउँका पहिरो पीडित


कमल शर्मा

जव रात पर्छ टाठिकाँध गाउँपालिका ४ गैराँगाउँका टिकाराम कठायत त्यस साझ निदाउँनै सक्नुहुन्न । निदाउँन खोज्दा पनि २०७७ सालका भदौ २ गते मध्यरातको झ–झल्को आइरहन्छ । मध्यरातमा टिकारामको घर पहिरोले बगाउँदा १२ वर्षिय छोरा जनक कठायत र जनक संग सुत्न आएका भाइका छोरा लोकेश कठायत त्यसै पहिरोमा परेर मृत्यु भयो । आफु र परिवार अर्को घरमा सुत्ने भएका कारण त्यहा बाट भागेर ज्यान बचाउन सफल भए । पहिरोमा छोरा गुमाउनु भएका कठायत भन्छन बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब के गर्ने ।
मृतक जनक कठायतका दाई भुपेन्द्र कठायतले कर्णाली प्रदेश सरकारले दिने भनेको राहत अहिले सम्म पाउँन नसकेको बताए ।उनले भने पहिरोमा परेर ज्यान गुमाएका परिवार र पहिरोमा परी घर गएकाहरुलाई सरकारले एक लाख दिने भनेको भएपनि अहिले सम्म आफुहरु नपाएको बताए ।

उनी मात्र होईन पहिरोले बस्ने घर सबै बगाए पछि अर्कोको घरमा आश्रय लिएर बसेका बल बहादुर नेपालीले सहयोगी पहिरो गएको बेला आएर सरकारी गैर सरकार निकायले पाल, केही भाँडाकुडा र राहत दिएको र त्यो सकिएको बताए । उनले अहिले अर्काको घरमा गएर आश्रय लिरहेका छौ ,पहिरो गएको केही दिन सम्म राहत लिएर कर्णाली प्रदेशका सभामुख राज बहादुर शाही,ठाटिकाँध गाउँपालिका र विभिन्न गैर सरकारी सस्थाले गरेको सहयोगले केही महिना त्रिपाल मुनीको बास बसेर काट्यौ पुन बर्षा लाग्यो घर बनाउने आयस्रो नभएका कारण अहिले अर्काको घरमा आश्रय लिएर बस्नु बाहेक कुनै उपाय छैन ।
उनले भने भएको घर पहिरोले लग्यो फेरी घर बनाउँनलाई पैसा छैन के गर्ने परिवारलाई छोडेर कालापहाड गएर कमाएर घर बनाउँ भनेपनि कोरोनाले जान सक्ने अवस्था छैन गाउँमा रोजगारी छैन दिनभरी काम गरे साझ खान ठिक्क हुन्छ ।
उनी जस्तै पहिरोले घरबारी गुमाउनुभएका नैनसिह तिरुवाले अहिलेसम्म कमाएको सबै सम्पती पहिरोले लगेको भएपनि आफुले कुनै निकाय बाट सहयोग पाउँन नसकेको बताए । उनले भने कर्णाली प्रदेश सकारले पहिरोले घर भत्कीए एक लाख दिन्छ भन्न सुनेको त्यो पाउँने आशमा बसेका छौ तर एक वर्ष बितिसक्दा पनि त्यो आएन ।

वडा नः ४ का वडाध्यक्ष रमेशबहादुर सिजापतीले गत वर्ष भदौ २ गते परेको अबिरल वर्षातका कारण गएको पहिरोमा परेर सात घर पुर्ण रुपमा क्षती भएको र ९० घरका नागरिक बिस्थापीत हुन परेको बताए । उनले अहिले पनि ८१ घर पहिरोको उच्च जोखिममा छन सरकारले एकिकृत बस्ती निर्माण गेरर उहाँहरुलाई सुरक्षीत बसाल्न पहल गरिदिनु पर्ने माग गरे ।

ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले प्रदेश सरकारले घर भत्केका परिवारलाई एक लाख दिने नीति अनुसार त्यहा बाट आएको रकम र गाउँपालिकामा बाट केही रकम थपेर घर निर्माण गरी उहाँहरुलाई हस्तान्तरण गर्ने योजना भए पनि प्रदेश सरकारले पैसा नपठाएको बताए । उनले मुख्यमन्त्री ज्युले यहाँ भन्दा पछाडी पहिरो गएर कालिकोटमा घर भत्केका पैसा दिइसक्नुभयो भन्न सुनेको छु तर दैलेखका लागि उहाँले केही गर्नुभएन । तर हामी प्रदेश सरकाले बजेट पठाईदिन्छ भन्ने आशामा छु ।

error: Content is protected !!