Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखमा दश हजार जनाले गरे स्वास्थ्य बिमा

दैलेख  :  स्थानीय तह रहेको दैलेखमा दश हजारले मात्र स्वास्थ्य बिमा गरेका छन । स्वास्थ्य विमा बोर्ड दैलेखले दिएको जानकारी अनुसार भदौ सात गते सम्म दश हजार तीन सय ५० जनाले स्वास्थ्य विमा गरेको जानकारी दिएको छ । स्वास्थ्य विमा र्बोड दैलेखका प्रमुख बिनोश शर्माले दश हजार ३५० जनाले ब्यक्तिगत स्वास्थ्य विमा र पाँच हजार १८२ जनाले पारिवार सहितको बिमा गरेको जानकारी दिए ।

उनले भने दैलेखको जनसंख्यालाई हेर्ने हो भने यो संख्या धेरै कम छ । तर पछिल्लो समय सरकारले लागु गरेको स्वास्थ्य बीमाबाट उपचार खर्चमा छुट हुन थालेपछि नागरिकहरु बिमा प्रति उत्साही भएर बिमा आउँने बढ्दोक्रममा रहेको बताए । स्वास्थ्य विमाका बारेमा प्रचार प्रसार नहुदाँ बिमा गर्नेको संख्यामा बृद्धि हुन नसकेको भएपनि बिमा गरेका ब्यक्ति र परिवारकै सम्र्पक बाट बिमा गर्ने आउँने गरेको बताए ।

नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने सरकारको उद्देश्यले २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको थियो । उनले भने दैलेख भौगोलिक रुपमले कठिन भएपनि बिमा प्रति नागरिकको आकर्षण बढ्दै गएको छ । २०७६ सालमा सुरु गरिएको स्वाथ्य विमाको सुरुवात जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले पहिलो बिमा गरी उद्दघाटन गरेका थिए ।