Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एक हजार ७०२ जनामा सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं  : पछिल्लो २४ घण्टामा एक हजार ७०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ हजार ४४३ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २४८ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ९८ हजार १७३ पुगेको छ ।

सङ्क्रमणका कारण थप २४ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ५०२ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।