Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

दश बुदे कार्यन्वयन भइसक्यो इन्चार्ज : सूर्य थापा

दैलेख  :  नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रचार विभाग उपप्रमुख सुर्य थापाले पार्टी एकताका लागि तयार गरिएको १० बुदे सहमती कार्यान्वयन भइसकेको बताएका छन ।
प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आयोजना भेलालाई सम्बोधन गर्दै उनले कार्यलको सहमतिलाई हामीले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन भइसकेको बताउँदै अव यस्ता कुरामा अल्झन नुहने बताए ।
थापाले ती नेताहरूको जुन–जुन पद थियो त्यसैमा भएकोले अब स्थायी कमिटी बैठकमा आउनुपर्ने बताए । देउवाले ल्याएको अध्यादेश र माधव नेपालको पार्टी दर्ता फिर्ताको लागि भनिएको दबाब अनावश्यक माग भएको उनको टिप्पणी छ । पार्टी २०७५ जेठ ३ अघिको अवस्थामा पुगिसकेको छ । यी प्रस्तावहरू पार्टीलाई बलियो, एकताबद्ध बनाउने नभइ त्यसभित्र खेल्ने मनसायका साथ आएको छ’, थापाले भने ।

नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउँदै एकताबद्ध एमाले बनाउन सबैलाई आव्हान गरे । अहिले हामीले बाँकी रहेका साथीहरूलाई आउन आव्हान गरिरहेका छौं । उहाँहरू नआए पार्टी चुप लागेर बस्ने अवस्था छैन ।

केही दिनमा नै पार्टीका विभागहरूलाई पूर्णता दिने, अभियानहरू चलाउने काममा हामी सहभागी हुन्छौं । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, उपाध्यक्ष टीका विष्ट,कर्णाली प्रदेशका इन्जार्च बिर बहादुर गीरी ,सह इन्चार्ज बिष्णु शर्मा, प्रेस काउन्सीलका सदस्य एवम पत्रकार नवराज महताराले संगठन लाई मजबुद र बलियो बनाउनु पर्ने धाराण राखेका थिए । भेलामा लगायत सहभागी थिए । भेलामा कर्णालीका १० जिल्लाका प्रेस चौतारीका संयोजकहरुले संगठनको अवस्थाका बारेमा जानकारी गराएका छन ।