Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

शिक्षण सिकाई सहजीकरण गर्न ल्यापटप वितरण

दैलेख  :  कोरोना संङक्रमणको जोखिमका कारण संचालन भएका विद्यालय बन्द भएपछि शिक्षण सिकाई सहजीकरण गर्न शिक्षकलाई ल्यापटप वितरण गरिएको छ । जिल्लाको नारायण नगरपालिका ८ तर्ताङमा रहेको सरस्वती माध्यामिक विद्यालयले १५ थान ल्यापटप खरिद गरि वितरण १५ जना शिक्षकलाई हस्तान्तरण गरेको छ ।

सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक जीवराज तिमिल्सेनाले कोरोना संङक्रमणको जोखिमका कारण भौतिक रुपमा उपस्थित भएर पठन पाठन गर्न असमर्थ भएपछि शिक्षकहरुलाई ल्यापटप वितरण गर्ने योजना अनुसार ल्यापटप हस्तान्तरण गरिएको बताए । उनले विद्यालयमा रहेको मौजाद रकम बाट १५ थान ल्यापटप सात लाख ८० हजारमा खरिद गरिएको बताए ।

उनले भने इमेल इन्टरनेटको पहुचमा भएका बालबालिकाका लागि बैकल्पीक प्रविधि बाट शिक्षण सिकाई गर्ने र अन्य बालबालिकालाई कसरी शिक्षण सिकाई गर्ने विषयमा पुन छलफल गरेर अगाडी बढ्ने बताए ।

ल्यापटप हस्तान्तरण कार्यक्रममा नारायण नगरपालिका –८ का अध्यक्ष दल बहादुर खत्रीले शिक्षक र विद्यार्थीले प्रविधिको प्रयोग गरी शिक्षण सिकाई गर्नु पर्ने बताए । उनले शिक्षण सिकाई प्रभावकारी बनाउँन ल्यापटप वितरण गरेका छौ त्यसको समुचित प्रयोग गर्न शिक्षकलाई आग्रह गरे ।

कर्णाली प्रदेशको दैलेख जिल्लामा भने यो पहिलो प्रयास भएको शिक्षा तथा समन्वय एकाई दैलेखले जानकारी दिएको छ । शिक्षा विका तथा समन्वय एकाई दैलेखका प्रमुख तेज बहादुर थापाले यो प्रयास राम्रो भएको भन्दै अन्य विद्यालयले समेत यस्ता खालका कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिए ।