Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

दुई हजार ३२१ जनामा सङ्क्रमण,३३ जनाको मृत्यु


काठमाडौं  :  पछिल्लो २४ घण्टामा दुई हजार ३२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ९४६ आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चार हजार ४९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२६ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३३ जनाको मृत्यु भएको छ । योसँगै दश हजार ४२९ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३।१४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।