Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

एक हप्ता संचालन नहुदै बन्द गरिए विद्यालय

दैलेख  :  नारायण नगरपालिकामा विद्यालय संचालन गरेको एक हप्तामै पुन विद्यालय बन्द गरेको छ । सोमवार नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले एक बिज्ञप्ती जारी गर्दै विद्यालय बन्द गर्न निर्देशन दिएका छन । बिज्ञप्तीमा नगर शिक्षा समिति र सरोकारवाला निकायको बैठकले भदौ २२ गते देखी सामुदायिक विद्यालय र सस्थागत विद्यालय संचालन गर्ने निर्णय गरेको भएपनि जिल्लामा कोरोना संङक्रमणको दर बढ्दै गएपछि बालबालिकामा स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यार्थीको सिकाई सहजीकरणका लागि बैकल्पीक माध्यम बाट संचालन गर्ने गरी अर्को सुचना जारी नभए सम्मका लागि सबै विद्यालय बन्द गर्ने उल्लेख गरिएको छ ।

नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले बालबालिकाको भविष्यलाई ध्यानमा राखेर विद्यालयमा स्वास्थ्य मापदण्ड पुरा गरेर भौतिक रुपमै पठन पाठन गर्ने व्यवस्था मिलाइएको भएपनि कोरोना संङक्रमणको दर पुन बढेपछि विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको बताए । उनले यस अघि नगरपालिकाले नगर रेडियो संचालन गरी निमावी र माविका बालबालिकालाई अध्यापन गराइरहेको भए पनि पुन अव रेडियो बाट कक्षा एक देखी १२ सम्मका सबै विषयमा अध्यापन गराउने तयारी आफुहरुले थालेको बताए ।

भगवतिमाई गाउँपालिकाले भने विद्यालय संचालन निरन्तर संचालन गर्ने बताएको छ । भगवतिमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले कोरोना संङक्रमण तिब्र रुपमा गाउँपालिकामा बढेको बेला बाहेक अन्य बेला विद्यालय संचालन गर्ने बताए । उनले यसै गरी विद्यालय संचालन नहुने हो भने शैक्षिक सत्र नै खेर जाने र बालबालिकाको भविष्य नै जोखिममा पर्छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखमा प्रमुख तेज बहादुर थापाले अन्य स्थानीय तहले विद्यालय संचालन गर्ने नगर्ने विषयमा आफु संग समन्वय नगरेको बताए । उनले नारायण नगरपालिकाले विद्यालय संचालन गर्दा बिरोध भएकै कारण विद्यालय बन्द गर्नु पर्ने अवस्था आएको भन्दै अव अन्य स्थानीय तहले समेत विद्यालय बन्द गर्नु पर्ने बताए ।