Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

पार्टी एकताबारे भीम रावल र ईश्‍वर पोखरेलबीच छलफल

काठमाडौँ  :  नेकपा (एमाले)को आन्तरिक एकतालाई सबल बनाउने विषयमा आज सो पार्टीका उपाध्यक्ष डा भीमबहादुर रावल र महासचिव ईश्वर पोखरेलबीच छलफल भएको छ । पोखरेलको निवास धापासीमा भएको छलफलमा दुवै नेताले अन्य नेतासँग पनि निरन्तर संवाद गरी गत असार २७ गते भएको १० बुँदे सहमतिको जगमा एकताबद्ध पार्टी निर्माणका लागि पहल गर्ने समान धारणा व्यक्त गरेका थिए ।

महासचिव पोखरेलले पार्टीमा असन्तुष्ट नेताहरुसँग पनि संवाद गर्दै आएको पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । प्रतिनिधि सभाको विघटन, सर्वोच्च अदालतको पुनःस्थापनाको फैसला र नयाँ सरकारलाई समर्थन जस्ता विषयमा एमाले मतभेद उत्पन्न हुँदै आएको छ ।