Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सुर्खेतमा अब मास्क नलगाए एकसय रुपैयाँ जरिवाना

सुर्खेत  :  तिन दिनसम्म जनचेतनामूलक अभियान सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले अब अटेरी गर्नेलाई कारबाही गर्ने भएको छ । मास्क लगाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मास्क प्रयोग नगर्ने व्यक्तिलाई अब एकसय रुपैयाँ जरिवाना तिराउने प्रशासनले जनाएको छ ।

‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ, तर जान्दाजान्दै अटेरी गर्नेहरु धेरै छन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अब मास्क नलगाई घरबाहिर निस्कनेलाई एकसय रुपैयाँ जरिवाना तिराउँछौ, गल्ती दोहोन्याएमा संक्रामक रोक ऐनअनुसार थप कारबाही गर्छौं ।’ संक्रमण बढ्न थालेपछि जनचेतना फैलाउने कार्यलाई तीब्र पारिएको उनको तर्क छ ।

‘मुख्य(मुख्य चौकमा पुगेर माइकिङ गरिएको छ, मास्क पनि बाँढिएको छ, तर पनि अटेरी गर्न छोडिएको छैन’ उनले भने, ‘फेरि लकडाउन गर्नुभन्दा अब जसरी भए पनि मास्क प्रयोग अनिवार्य गरिनुपर्दछ ।’ बुधबारदेखि बढ़ी भीड हुने क्षेत्रहरुमा माइकिङका र मास्क वितरण गरेर जनचेतना फैलाइएको छ । यसअघि जनचेतनामूलक कार्यक्रम गरिसकेका स्थानमा माक्स नलगाउनेलाई। कारवाही गरिनेछ । साभार नेपाली रैवार