Loading... आजः शुक्रबार, अशोज १८, २०८१
Trending

पुर्ब प्रधानमन्त्री खनालको मृगौला प्रत्यारोपण सम्पन्न


काठमाडौं :  नेकपा (एमाले) का वरिष्ठ नेता तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा बुधबार विहान मृगौला प्रत्यारोपण गरिएको उनको स्वकीय सचिव कृष्ण भट्टराईले बताए ।

यसअघिसम्म नेता खनालको उपचार डा अखिल मिश्रको नेतृत्वमा भइरहेको थियो । सचिवालयले दिएको जानकारीअनुसार डा कन्दिप गुलेरियाको नेतृत्वमा खटिएको चिकित्सकको समूहले नेता खनालको मृगौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।

नेता खनाल केही समय अस्पतालमै अराम गर्नुभई नेपाल फर्किने तयारी गरेको भट्टराईले बताए । उनको स्वास्थ्यप्रति चिन्ता र चासो राख्नुहुने सबैमा सचिवालय धन्यवाद व्यक्त गरेको छ ।