Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

दैलेखको पीपलकोटमा स्वास्थ्य चौकी तोडफोड

साभार फोटा

दैलेख :  जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–५ पिपलकोटस्थित स्वास्थ्य चौकी तोडफोड भएको छ । दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटपसहित औषधि लगायतका सामग्री चोरी भएको छ । आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेका अनुसार स्वास्थ्य चौकीको झ्याल फोडेर भित्र पसी फेरि तीनवटा ढोका फोडी सामग्रीहरु तोडफोड गर्नुका साथै चोरी भएको जानकारी दिए ।

उनले स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, मापी डट्पेन चोरी बताए ।उनले भने स्वास्थ्य चौकीमा रहेका ५ वटा दराज र ३ वटा टेबल कामै नलाग्ने गरी तोडफोड भएको छ अहिले घटना स्थलमा प्रहरी पुगेर त्यसको मुचुल्का उठाउने काम गरेको र अनुमानित स्वास्थ्य चौकीमा झण्डै ३ लाख बराबरको क्षति भएको छ ।

वडा अध्यक्ष आलेले स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको छ, आज विहान कामदारहरु आएर निर्माण सामग्रीहरु निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तोडफोड हुनुका साथै सामान चोरी भएको थाहा भएको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले घटनास्थलतर्फ प्रहरी टोली पुगिसकेको र त्यहाको वास्वतिक रिर्पोट आएपछि थप अनुसन्धान गरेर तोडफोड गर्नेलाई कानुनी दायरामा ल्याउने बताए ।