Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

रेक्टोफिट प्रविधि मार्फत विद्यालय पुर्न निर्माण

दैलेख  : विद्यालय भवन जीर्ण हुँदा खुल्ला चौरमा पढ्न बाध्य भएका बाबालिकाका लागि अव खुल्ला चौरमा बसेर पढ्नु पर्ने बाध्यता अन्त्य भएको छ । जिल्लाको भैरवी गाउँपालिका–३ छाड्नेमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा जीर्ण रुपमा रहेको दुई कोठे भवनको रेक्टोफिट प्रविधि माफर्त पुर्न निर्माण गरे संगै खुल्ला चौरमा बसेर पढ्नु पर्ने बाध्यता हटेको हो ।
नेपाल राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र प्रसाद तिमिल्सेनाले जीर्ण भवन पुर्न निर्माण संगै बालबालिकालाई अध्यापन गर्न सजिलो भएको बताए । उनले भने हाम्रो विद्यालयमा तीन सय बालबालिका अध्यापन गर्छन उनीहरुको कक्षा व्यवस्थापनमा निकै समस्या भएको थियो अव जीर्ण भवन मर्मत भए संगै बालबालिकाले सहज रुपमा पढ्न पाउनेछन । उनले गाउँपालिकाले जीर्ण भवनको मर्मतका लागि १५ लाख रुपैया बिनियोजन गरिएको र त्यसै अनुसार मर्मत गरिएको बताए ।

भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गाउँपालिकाले गाउँपालिकामा रहेका जीर्ण विद्यालयहरुको रेक्टोफिट प्रविधि अपनाएर पुर्न निर्माण गरिएको बताए । उनले एकै आर्थिक वर्षमा सबै विद्यालयका जीण भवनको पुर्न निर्माण गर्न कठिन हुने भएकाले प्रत्येक वर्ष एक विद्यालय पुर्ननिर्माण गर्ने गाउँपालिकाको योजना भएको बताए ।
उनले भने रेक्टोफित प्रविधिले भुकम्पको जोखिम न्युनीकरण समेत गर्ने भएका कारण त्यो प्रविधि अवलम्बन गरिएको बताए । उनले भने हाम्रो जस्तो पहाडी जिल्ला भुकम्पको जोखिम हुन्छन हाम्रो निर्माणधि र पुर्न निर्माण गर्दा समेत भुकम्प प्रतिरोधी हुने भएका कारण त्यो प्रविधिलाई प्रयोग गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढाले अघिल्लो आर्थिक वर्षमा दुई वटा र यो आर्थिक वर्षमा एउवा विद्यालयमा पुर्न निर्माण गरिएको बताए । उनले भवन जीर्ण हुँदा अभिभावकले सधै गुनासो गर्ने गरेका कारण नयाँ संरचना भन्दा पुराना संरचनालाई मर्मत गरी राम्रो बनाउँन गाउँपालिका लागेको बताए ।

 

error: Content is protected !!