Loading... आजः आइतवार, अशोज २०, २०८१
Trending

२४ घण्टामा तीन हजार ४२१ जना संक्रमित थपिए

काठमाडौ  : नेपालमा आज ३ हजार ४ सय २१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । आरटी पिसिआर विधिबाट २ हजार ३ सय ९१ र एन्टिजेन विधिबाट १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको हो।

उक्त अवधिमा आरटी पिसिआर विधिबाट १२ हजार २ सय ४० र एन्टिजेन विधिबाट ५ हजार ३२ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आजसम्म देशभरी पिसिआर विधिबाट ६ लाख ८२ हजार ९ सय ४७ र एन्टिजेन विधिबाट ५५ हजार ९सय ७१ जनामा संक्रमण देखिएको छ।

कोरोना भाइरस संक्रमणका कारण देशभर थप २५ जनाको मृत्यु भएको छ। यससँगै देशभर कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ।

यस्तै आज थप १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको मन्त्रालयले जनाएको छ।