Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

कोरोनाबाट २४ जनाको मृत्यु, दुइ हजार सातसय जनामा संक्रमण पुष्टी

काठमाडौं  :  पछिल्लो २४ घण्टामा मुलुकमा २७१४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ नमुना ९९१२२ पीसीआर र ३७०७ एन्टीजेन० परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप २४ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । सोही अवधीमा १२८८ जना निको भएका छन् । बिहीबार काठमाडौं उपत्यकामा ७५१ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ५३६, भक्तपुरमा ८५ र ललितपुरमा १३० जना संक्रमित थपिएका छन् ।

१० जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ भने २६ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ । कूल संक्रमित संख्या ६ लाख ७४ हजार, कूल मृत्यु संख्या ९६६१ र कूल डिस्चार्ज हुनेको संख्या ६ लाख ३७ हजार रहेको छ । १२ लाख ८१ हजारले पूर्ण डोज खोप लगाएका छन् । पहिलो डोज खोप लगाउने संख्या ३३ लाख रहेको छ ।