Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

लामो र छोटो दूरीमा सबै यातायात सञ्चालन गर्न पाइने

दैलेख  :  अब लामो र छोटो दूरीमा सबै यातायात सञ्चालन गर्न पाइने भएको छ । गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको हो। सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको छ ।

कोभिडका कारण सरकारले वैशाख १६ गतेबाट लामो दूरीमा चल्ने सवारीसाधनमा रोक लगाएको थियो। मन्त्रालयका प्रवक्ता जनकराज दाहालले परीक्षार्थीहरूको सहजताका लागि सबै जिल्लालाई यातायात सञ्चालन गर्न आदेश दिएको बताए। उनका अनुसार अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्नेछ।

error: Content is protected !!