Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

सुत्केरी आमालाई राहत वितरण

दैलेख : सुनौला हजार दिनका आमाहरुलाई राहत वितरण गरिएको छ । बाताबरणीय कृषि तथा विकास केन्द (केड) र महिला सशक्तिकरण मंच नेपाल दैलेखको साझेदारीतामा संचालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत विभिन्न पालिकाका एक सय तीन जनालाई राहत वितरण गरिएको हो ।
महिला सशक्तिकरण मंच नेपाल दैलेखका कार्यक्रम संयोजक निर्मला शाहीले दुल्लु नगरपालिका –१० गमौडीका २४ जना, दुल्लु नगरपालिका–११ कालभैरवमा १७ जना, दुल्लु नगरपालिका–१३ मालिकामा ३२ जना र डुङ्गेश्वर गाउँ पालिका –६ मा १४ जना, डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा १६ जना गरी जम्मा १०३ जनालाई कोभिड १९ राहत खाद्यायन सामाग्री ( चामल, दाल,तेल, नुन ) वितरण गरिएको जानकारी दिइन । उनले कोरोना महामारीका कारण आर्थिक अभाव भएका कारण पोषीलो खान नपाएका सुत्ेकरीहरुको पहिचान गरी राहत वितरण गरिएको बताईन ।


त्यस्तै बातावरणीय कुषि तथा विकास केन्द्र (केड) र महिला सशक्तिकरण मंच नेपाल दैलेखको साझेदारीतामा संचालित महिला किशोरी तथा बाल अधिकार कार्यक्रम अन्र्तगत दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा र वडाका स्वास्थ्य चौकीहरुको समन्वयमा माक्स, ग्लोब्स , फेस सिल डिजीटल थर्ममिटर,पल्सअक्सोमिटर,डिस इन्फोक्रेन्ट, साबुन हेन्डवास, स्यानिटाईजर, पि पि सेट जस्ता कोरोना न्यूनिकरणको लागी स्वास्थ्य सामाग्री वितरण गरिएको जानकारी दिइन ।

error: Content is protected !!