Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

भिर बाट खसेर एकको मृत्यु ,एक घाइते

दैलेख  :  गोठालो गएको बेला भिर बाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छिन । जिल्लाको भगवतिमाई गाउँपालिका–४ जगनाथकी १७ वर्षिय टिका बिसीको उपचारको क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले १७ वर्षिया टिका विसि र १५ वर्षिय रोशनी थापा गोठालो गएको बेला बिहिवार साझ ६ बजे भिर बाट खसेर घाईते भएको र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको र एक जनाको जिल्ला अस्पताल दैलेखमा उपचारकै क्रममा मृत्यु भएको र १५ वर्षिया रोशनी थाला लाई थप उपचारका लागि प्रदेश अस्पताल
सुर्खेतमा पठाइएको जानकारी दिए ।