Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

काठको मुङग्रोले हानेर श्रीमतीले गरिन श्रीमानको हत्या

दैलेख  :  दैलेखमा श्रीमतीले काठको मुङग्रोले हानेर श्रीमानको हत्या गरेकी छिन । जिल्लाको नारायण नगरपालिका –११ टाटामाखु बस्ने डाडा टोल बस्ने वर्ष ३५ को खगेन्द्र मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले किला ठोक्ने काठको मुङग्रोले टाउँकोमा हानेर हत्या गरेको आरोपमा मृतकका आफन्तले दिएको जाहेरीका आधारमा श्रीमती वर्ष ३३ को सुसिला मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

उनले भने प्रारम्भिक अनुसन्धान बाट श्रीमान संगै सधै विवाद हुने गरेको र त्यसै कारण घटना घटेको हुन सक्छ अन्य विषय अनुसन्धानमै छ ।

 

 

error: Content is protected !!