महामारी रोकथामसँगै समृद्धिको यात्रा अघि बढिरहेको छ : प्रम ओली


काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन ।
नयाँ सरकार बन्न लागेका स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर धक्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए । उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने जनाए ।
यसैबीच उनले सर्वोच्चको फैसलामा प्रयोग भएका भाषाशैलीले लोकतन्त्रमा विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको बताए । ‘फैसलामा प्रयोग गरिएको भाषाशैलीले लोकतन्त्रमा विश्वास गर्ने सबैलाई अत्यन्त चिन्तित तुल्याएको छ,’ उनले देशवासीको नाममा सम्बोधन गर्दै भने निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिने गरिन्छ । फैसलाको असर दलीय व्यवस्था र राजनीतिमा लामो समयसम्म रहिरहनेछ । राजनीतिक स्थायित्वलाई बल पु¥यायो की क्षति, अग्रगामी दिशा दियो कि पछि पा¥यो यिनको जवाफ समयले दिनेछ ।’
थै नेपालको संविधान अक्षरहरूको सँगालो मात्रै होइन, नेपाली जनताको बलिदान र सङ्घर्षको दस्तावेज हो । हाम्रो चासो र चिन्ता संविधानको रक्षामा हो । हामीले अवलम्बन गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय प्रणालीमा आधारित रहेको उनले बताए ।
‘ लामो सयमदेखि सञ्चालिन नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण पार्टी स्वतन्त्रता र बहुदलीय पद्धतिको स्थापना थियो,’ उनले भने यो, ‘विचारधारा, दर्शन र कार्यक्रम मिल्ने व्यक्तिहरुको समूह मिलेर दल खोल्न पाउने, त्यस्तो दलहरु आफ्नो कार्यक्रम लिएर जनताका बीचमा जाने र जनताबाट अनुमोदित दल या दलहरुले मुलुकको शासन सञ्चालन गर्ने प्रणाली लोकतान्त्रको महत्वपूर्ण विषय हो ।’ तर दशकौं लामो सङ्घर्ष दलीय आस्थाका लागि चुकाएको मूल्य र दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई नै चुनौती दिने काम गरेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा भएको र सर्वोच्च अदालतको परमादेश शेरबहादुर देउवाको पक्षमा आएको बताए । साथै उनले सरकारबाट बाहिँरिदै आफूलाई रत्तिभर चिन्ता नभएको समेत उनले बताए । ‘जनादेश मेरो पक्षमा थियो, तर परमादेश शेरबहादुरजीको पक्षमा आयो,’ उनले भने ,‘ परमादेशका कारण म सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु आफ्नो नेतृत्वमा देशले चौतर्फी ढङ्गले एउटा विकास, परिवर्तन र रुपान्तरण अनुभूत गरेको बताए ।
एक करोड ३१ लाख डोज खोप सुनिश्चित भएको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म एक करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसकेको बताएका छन । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले एक करोड ३१ लाख डोज खोपको सुनिश्चितता भइसकेको र २ करोड डोज खोप खरिद प्रक्रियामा रहेको बताए । उनले अब कोभिडविरुद्धको खोपको अभाव नहुने पनि बताए । सत्तामा रहँदा आफूले गरेको काम प्रति म खुशी र ढुक्क छु । र मलाई यसमा चिन्ता लिनुपर्ने कुनै कारण छैन,’ प्रधानमन्त्री ओलीले भने कुनै व्यक्तिसँग प्रतिशोध साध्न वा कुनै व्यक्तिका आकांक्षा परिपूर्ति गर्न मुलुकको लोकतान्त्रिक प्रणाली संवैधानिक व्यवस्था र दलीय प्रणालीमाथि जस्ता खेलाँची हुँदैछ त्यसप्रति छ ।’

