दैलेख प्रधानन्यायाधीशको पुत्ला दहन
दैलेख : प्रतिनिधि सभा विघटनलाई बदर गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्ने अदालतले राष्ट्रपतिको नाममा परमादेश जारी गरेपछि दैलेखमा बिरोध प्रदर्शन संगै प्रधानन्यायधिस चोलेन्द्र सम्मेर जवराको पुत्ला दहन गरिएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको दैलेख बजारमा राके जुलुस निकालेर प्रदर्शन संगै पुत्ला दहन गरेको हो ।
अदालतले लामो त्याग र बिलदानी बाट प्राप्त भएको व्यवस्थाको व्यवास्ता गर्दे दुई दिन भित्र नेपाली काग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिए संगै राष्ट्रिय युवा संघ र अनेरास्ववियुले त्यसका बिरुद्ध आन्दोलन गर्न बाध्य भएको युवा संघले जनाएको छ ।
युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक जीवन शाहीले सर्वोच्च अदालतले व्यवस्थापिका र कार्यापालिकाको अधिकार माथी हस्तक्षेप गर्दै देशलाई राजनैतिक द्धन्दमा धकेलेको बताए । उनले न्यायलयले न्याय सम्पदान गर्ने हो राजनीति गर्ने थलो त्यहा हुनु दुखद भएको बताए ।
नारा जुलुसमा केपी ओली जिन्दाबाद,सबिधान मिच्न पाइदैन , निर्दलीय व्यवस्था चाहिदैन जस्ता नारा लगाएका थिए ।