Loading... आजः आइतवार, भदौ २१, २०८३
Trending

बलात्कार गरेको आरोपमा वडासचिव पक्राउ

सल्यान  :  बलात्कार आरोपमा सल्यानका एक वडासचिवलाई प्रहरीले पक्राउ गरेको छ। ती वडासचिवलाई १८ वर्षीया युवती बलात्कार गरेको आरोप लागेको छ। त्रिवेणी गाउँपालिका(५ का वडासचिव अमर कालाथोकीलाई प्रहरीले पक्राउ गरेको हो।
सचिवले १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको गए पनि बालिकाले २४ गते मात्र परिवारलाई जानकारी गराएकी र परिवारले जाहेरी दिएपछि २४ गते नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले बताए।

ओरापितलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको उनको भनाइ छ।