Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

ल्याव टेष्ट गर्ने प्रविधि नहुँदा योजना गुणस्तर हुन नसकेको गुनासो


दैलेख  :  जिल्लामा संचालित योजनाहरुको ल्याव टेष्ट गर्ने प्रविधि नहुँदा योजनाहरु गुणस्तर हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका छन । जिल्ला समन्वय समितिले आयोजनाले गरेको आर्थिक वष २०७७/०७८ मा जिल्लामा रहेको सरकारी तथा गैर सरकारी कार्यालयको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै अधिकाँस बत्ताहरुले योजना संचालन हुने र त्यसको गुणस्तर कायम हुन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

खानेपानी तथा उर्जा विकास कार्यालय दैलेखका प्रमुख इन्जिनिएर अशोक गौत्तमले योजनाहरु संचालन भएपनि त्यसको वास्तविक गुणस्तर भए नभएको विषयमा ल्याव टेष्ट गर्न नसक्दा योजनाहरु दिर्घकालिन रुपमा संचालन हुन नसकेको बताए । उनले एक योजना भनेर आएको हुन्छ उपभोक्ताले आफखुसी काम गर्ने र भुक्तानी माग्ने प्रचलन रहेको र त्यसका लागि निगरानी गर्न आवश्यक कर्मचारी अभाव भएको बताए ।

उनले अघिल्लो आर्थिक वर्षमा संचालन भएको योजनाहरु भुक्तानी बाँकी रहेकोले त्यसको वास्तबकि छानविन सुरु गरी साउन महिना भित्र भुक्तानी प्रक्रिया अगाडी बढेको बताए ।
पुर्वधार विकास कार्यालयका प्रमुख इन्जिनिएर बलदिप शर्माले पुर्बधार विकास कार्यालयमा मार्फत संचालन भएका योजनाहरुको गुणस्तर मापन गर्नका लागि तत्कालीन जिल्ला विकास समितिको प्राविधिक कार्यालयमा भएको ल्याव टेष्ट मेसिन उपलब्ध गराउन माग गरे ।

उनले कार्यालयले मात्र चाहेर राम्रो गर्न सकिदैन त्यसको निगरानीका लागि जिल्लामा रहेको उपभोक्ता समिति,ठेकेदार, राजनैतिक दल, नागरिक समाज र पत्रकार सबैले त्यसको निगरानी गर्नु पर्ने बताए ।
पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका आयोजना प्रमुख धर्मराज उपाध्यायले आयोजना,स्थानीय सरकार र स्वयम उपभोक्ता समितिको साझेदारीमा संचालीत योजनाहरु समेत प्रभावकारी हुन नसकेको बताए । उनले स्वयम ब्यक्ति समुदाय र त्यस बाट लाभाम्वित वर्गमा सचेत नहुँदा सम्म योजनाहरु दिर्घकालिन रुपमा संचालन हुन नसक्ने बताए ।
वार्षिक समिक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि बहादुर प्याकुरलेले जिल्लामा संचालन भएको योजनाहरुमा सुशासन पारदर्शीता कायम राख्न कार्यालय प्रमुख हरुलाई निर्देशन दिएका छन । उनले स्थानीय सरकारमा भएको योजनाहरुका बारेमा अख्तियारमा उजुरी धेरै पर्ने गरेका कारण स्थानीय तह र जिल्लामा रहेको कार्यालय जिम्मेवार बन्न निर्देशन समेत दिए ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर थापाले जिल्लामा संचालन भएका योजना गुणस्तर नपाएको खण्डमा सम्बन्धित कार्यालय र उपभोक्तालाई छानविनका दायारामा ल्याउने बताए । उनले कसैले गल्ती गरेको खण्डमा जिल्ला समन्वय समिति त्यसको अगुवाई गरेर छानविन गर्ने र गलत गरेको खण्डमा कानुनी सजायको भागेदार बनाउन आफै समेत लाग्ने बताए । उनले प्रत्येक योजनामा योजना र्बोड,सार्वजनिक सुनूवाई, सार्वजनिक परीक्षण अनिवार्य गरेर मात्र भुक्तानीको व्यवस्था गर्नु पर्नेमा जोड दिए ।