Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

पूर्व सञ्चार राज्यमन्त्री विष्टको कोरोनाबाट निधन

सुर्खेत   :  पूर्व सञ्चार राज्यमन्त्री तथा संविधान सभा सदस्य समेत रहेका नेपाली काँग्रेस सुर्खेतका नेता तप्त विष्टको कोरोना संक्रमणबाट निधन भएको छ।
कोरोना संक्रमण भएपछि उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा आज बिहान उनको निधन भएको विष्टका भाइ दल विष्टले जानकारी दिए।

उनकाअनुसार सुर्खेतमा भन्दा काठमाडौं लगिएपछि अवस्था झन जटिल बनेको र उपचारकै क्रममा आज बिहान पाँच बजे निधन भएको हो। पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए। उनी पूर्व सञ्चार राज्यमन्त्री पनि हुन्। विष्ट नेपाली काँग्रेस सुर्खेतका पूर्व पार्टी सभापति र पूर्व जिल्ला विकास समितिका उप सभापति समेत हुन्।