Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

मुख्यमन्त्री गुरुङले पाएन्न विश्वासको मत

कास्की  :  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मतका लागि प्रदेश सभामा राखेको प्रस्ताव २७ मत परेको छ । त्यस्तै प्रस्तावको विपक्षमा ३० मत परेको छ । प्रस्ताव अस्वीकृत भएसँगै उनी मुख्यमन्त्री पदबाट मुक्त भएका छन ।
यसअघि वैशाख २७ गते मुख्यमन्त्री गुरुङमाथि अविश्वासको प्रस्ताव राख्ने कार्यक्रम तय भएपछि उनले पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनका लागि आव्हान गरेपनि कुनै पनि दलको बहुमत नपुगेपछि सबैभन्दा ठूलो दलको हैसियतले गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्ति भएका थिए । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेको भएपनि उनी विश्वासको मत नपाएपछि स्वत पदमुक्त भएका छन ।