Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

अस्पताललाई २ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

दैलेख  :  विकास, सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले स्वास्थ्य सेवा कार्यालय दैलेख अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । १० लिटरको र ५ लिटरको एक÷एक वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

आइडिया नेपाल सुर्खेतका सचिव राज विश्वकर्माले मंगलवार स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मी र डा जगत थापालाई संयुक्त रुपमा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । जनसंख्याका हिसावले सुर्खेतपछि कर्णालीको दोस्रो ठूलो जिल्ला दैलेखमा कोरोना संक्रमित बिरामीको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित १० सेट पीपिई, मास्क, स्यानीटाइजर र ग्लोब्स सहयोग गरिएको आइडिया नेपालका सचिव राज विश्वकर्माले बताए ।
अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री हस्तान्तरणपछि स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका लागि सहयोग पु¥याउने आइडिया नेपाललाई धन्यवाद दिए ।

दैलेख अस्पतालका डा जगत थापाले कुनै बेला अक्सिजनको अभाव झेलेको सम्झना गर्दै विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगबाट अब अक्सिजनकै अभावले कोरोनाका बिरामीले ज्यान गुमाउनु नपर्ने बताए ।

गत वर्षपनि आइडिया नेपालले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका सन्दर्भमा स्वास्थ्य तथा सरसफाई सामग्री सहित खाद्यान्नको अभाव झेलिरहेका नागरिकहरुलाई खाद्यान्न उपलब्ध गराएको थियो ।