Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाए : ओली

काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनसँग आबद्ध बरिष्ठ अधिवक्ताहरूले संवैधानिक इजलासमा तमासा देखाएको आरोप लगाएका छन्। एमाले सम्बद्ध युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश मात्र मान्ने भनेर वितण्डा मच्चाइएको आरोप लगाए। ‘हामीले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीशमात्र मान्छौं भनेर कालोकोटधारीले न्यायपालिकालाई कुन हैसियतमा पुर्‍याउँदैछन् रु’ ओलीले प्रश्न गरे,‘यो गम्भीर विषय हो। उनीहरू न्यायाधीश छान्नेमात्र होइन फैसला पनि हामी नै दिन्छौं भन्दैछन्।

ओलीले पूर्वप्रधानन्यायाधीशहरूको वक्तव्यबाजीप्रति पनि आपत्ति जनाएका छन्। देशलाई पूर्वहरूको विषाक्त विचारबाट मुलुकलाई जोगाइने उनले बताए।
‘यसअघि न्यायपालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ। राज्यको पेन्सन खाएर न्यायालयको हुर्मत लिने आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं’ ओलीले भने। यस्तै ओलीले नेता माधवकुमार नेपाल समूह पार्टीलाई कमजोर बनाउनका लागि जस्तोसुकै भूमिका खेल्न तयार भएको आरोपसमेत लगाए।

‘विधि र पद्धतिका नाममा माधव नेपाल समूहले पार्टीलाई कमजोर बनाउन जुनसुकै भूमिका खेल्न तयार भइरह्यो ओलीले भने, विरोधीसँग शक्तिसँगको साँठगाँठ गरेर आफ्नै सरकार ढाल्न लागिपरिरहे।’

आफूले डेमोक्रेसीमा कहिल्यै यस्तो निर्लज्जता नदेखेको भन्दै ओलीले डेमोक्रेसीमा मूल्य–मान्यता छाडेर फ्लोर क्रस गर्ने गराउने, बागी विद्रोही उमेदवार उठ्ने उठाउने, बागी विद्रोहीलाई सगौरव घोषणा गर्ने, जिताउन मत हाल्ने, यो कुरा पत्रकार महासंघको चुनाव र वाग्मती देखिएको बताए। साभार थाहाखवर