Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

विपद् न्यूनीकरणमा जुट्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन

सुर्खेत  :  कोरोना महामारी नियन्त्रण तथा विपद् न्यूनीकरणमा जुट्न कर्णाली प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूलाई प्रदेश सरकारकी आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री सीताकुमारी नेपालीले निर्देशन दिएकी छन्।

बुधबार दशवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सँगको भर्चुअल बैठकलाई सम्बोधन गदैँ मन्त्री नेपालीले यस्तो निर्देशन दिएकी हुन्। ‘प्राकृतिक विपद्बाट कर्णालीमा बर्सेनि लाखौँ धनजनको क्षति हुँदै आएको छ’ मन्त्री नेपालीले भनिन्, ‘अब विपद् न्यूनीकरणका लागि जिल्लादेखि वडा तहसम्म कार्ययोजना बनाए लाग्नुहुन म अनुरोध गर्दछू।’

प्रदेश सरकारले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि प्रदेशस्तरीय सूचना प्रर्णाली लागू गर्न लागेको जानकारी दिँदै उनले त्यसको प्रभावकारी व्यवस्थापनमा सिडियो हरुको सहयोग महत्वपूर्ण हुने बताइन्।

साथै मनसुन सक्रिय हुने समय नजिकिँदै गरेका कारण जिल्लादेखि वडातहसम्म प्रभावकारी सूचना प्रर्णालीको विकास, जनचेतना फैलाउनुपर्ने बनाउनुपर्ने मन्त्री नेपालीको भनाइ रहेको थियो।

त्यस्तै, प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि खटाउने स्वयंसेवकलाई गाउँ(गाउँमा पु¥याएर सचेतनाका लागि समन्वय गरी संक्रमणको रोकथाम र नियन्त्रणका लागि जिल्लामा सहज अक्सिजन आपूर्तिको वातावरणसमेत तयार पार्न सिडियोहरूलाई आग्रह गरेकी हुन्।
साभार थाहाखवर